काठमाडौं– चालु आर्थिक वर्ष २०७७–७८ को पहिलो ६ महिनामा ६ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको तथ्यांक भन्सार विभागले बिहीबार सार्वजनिक गरेको छ ।

विभागका अनुसार गत साउनदेखि पुस मसान्तसम्ममा आयात ५ प्रतिशतले घटेको छ भने आयात ६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको विदेशी वस्तु आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.८१ प्रतिशत कम हो । गत आवको सोही अवधिमा ६ खर्ब ९४ अर्ब ६९ करोड बराबरको विदेशी वस्तु आयात भएको थियो ।

यसैगरी, ६ महिनामा ६० अर्ब ७९ करोड ९९ लाख बराबरको वस्तु निर्यात भएको छ । गत आवको सोही अवधिको तुलनामा निर्यात ६.१४ प्रतिशत बढेको छ । गत आवमा सोही अवधिमा ५७ अर्ब २७ करोड ७९ लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको थियो । तथ्यांक अनुसार यो वर्ष व्यापार घाटा ५.८० प्रतिशतले घटेको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.५८ र निर्यातको हिस्सा ८.४२ प्रतिशत छ ।

यो ६ महिनामा मुलुकको वैदेशिक व्यापार घाटा ६ अर्ब ४६ करोड रुपैयाँ छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा ५.८० प्रतिशतले कम हो ।
गत पुसमा मात्र एक खर्ब ३६ अर्ब बराबरको वस्तु आयात भएको छ । हालसम्म विभागले एक खर्ब ८७ अर्ब राजस्व संकलन गरेको छ । यो वर्ष विभागले चार खर्ब ४० अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय