काठमाडौं– स्थानीय बजारमा सोमबार पनि पहेंलो धातु सुनको मूल्यमा घटेको छ । आइतबार ९२ हजार ६ सय रुपैयाँमा कोराबार भएको सुन सोमबार २०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार छापावाल सुनको मूल्य घट्दा तेजाबी सुनको मूल्य पनि घटेको छ । आइतबार ९२ हजार १०० मा कारोबार भएको तेजाबी सुन प्रतितोला २०० ले घटेर ९१ हजार ९०० पुगेको छ ।

त्यस्तै, सोमबार पनि चाँदीको स्थिर रही आइतबारैको मूल्य प्रतितोला १२६० रुपैयाँ कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय