नयाँ दिल्ली– दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँ दिल्लीमा कोरोना भाइरसको घातक मानिएको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमै पुगेको बताएका छन् ।

स्वास्थ्य वैज्ञानिकका अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको पाइएको अधिकारीहरुले जनाएका उनले बताए ।

अनुसन्धानबाट ओमिक्रोनको संक्रमण समुदायमा पुगेको पाइएको छ भन्दै उनले यहाँ पछिल्ला समयमा फैलिएको कोरोना संक्रमणका ४० प्रतिशतभन्दा बढी संक्रमित ओमिक्रोनकै भएको बताए ।

उनले भने, ‘अनुसन्धानबाट यो देखिएको छ कि यहाँका संक्रमितमा ओमिक्रोनको संक्रमण बढी देखिएको छ ।

त्यस्तो संक्रमण बाहिरबाट आएका मानिस र यहीँ रहेकामा नै देखिएको छ । त्यसैले यो भेरियन्ट समुदायसम्म नै पुगेको पाइएको छ ।

कतै पनि नगएका नागरिकमा यस्तो संक्रमण पाइएको छ, अनि यस्तो अवस्थामा हामीले निकालेको निष्कर्ष यो हो कि यहाँका समुदायस्तरकै नागरिकसम्म नै यसको संक्रमण पुगेको छ ।

भारतमा ओमिक्रोनको संक्रमण भित्रिएको धेरै भएको छैन, तर यहाँका नागरिकमा निकै नी तिब्र गतिमा यो फैलिएको छ उनले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय