काठमाडौं– एनआइसी एसिया बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार बैंकले दोस्रो त्रैमाससम्ममा वार्षिक प्रतिसेयर आम्दानी ३५.७३ रुपैयाँ आर्जन गरेको छ । बैंकले गत वर्षको सोही अवधिको तुलनामा २.२ प्रतिशतले नाफा बढाएको छ । बैंकको आधा वर्षको खुद मुनाफा दुई अर्ब ६ करोड पुगेको छ । बैंकको स्व–पुँजीमा प्रतिफल २२.६६ प्रतिशत रहेको विज्ञप्तिमा उल्लेख छ ।

कर्जातर्फ ५९.३१ अर्बले वृद्धि भई कुल कर्जा रकम २३३.०८ अर्ब रुपैयाँ पुगेको छ । जुन मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब ३१० अर्बको कुल कर्जा वृद्धिमा यस बैंकको २२ प्रतिशतको हिस्सा रहेको बैंकको दाबी छ ।

साथै बैंकको स्वदेशी मुद्राको निक्षेप संकलन ६७.३० अर्बले वृद्धि गरी स्वदेशी मुद्राको निक्षेप संकलन २७६.२० अर्ब पुगेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय