
काठमाडौं– शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । यसदिन सुन बिहीबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार र तेजाबी सुन प्रतितोला ९१ हजार ५०० कारोबार भइरहेको छ ।
बिहीबार सुन तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार मा कारोबार भएको थियो ।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य बढेको छ । यसदिन चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला एक हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ ।