काठमाडौं– हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले चितवनमा निर्माण सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बाँकी काम सरकारले गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको बाँकी कामलाई पूर्णता दिन सरकारले समन्वय र सहजीकरण गर्ने बताएकी हुन् । धुर्मुसले चन्दा संकलन गरेर निर्माण गर्न लागेको उक्त रंगशाला रकमको अभावमा अलपत्र परेको छ ।

त्यसैगरी गैंडाकोटमा बिपी कोइराला अन्तर्राष्ट्रिय खेल ग्राम निर्माण गर्ने र कैलालीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको विषय समेत नीति तथा कार्यक्रममा समेटिएको छ । सरकारले प्रत्येक प्रदेशमा कम्तीमा एक खेल प्रशिक्षक सुविधासहितको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्दै जाने नीति लिएको छ ।

मुलुकका सबै स्थानीय तहमा खेल ग्राम निर्माण गर्दै लैजाने सरकारको योजना छ । राष्ट्रपति भण्डारीले पेश गरेको नीति तथा कार्यक्रममा खेलकुद विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरी निर्माणको आवश्यक प्रक्रिया अघि बढाइने पनि उल्लेख छ । त्यसैगरी, पर्वतीय खेलकुदलाई अघि बढाउन अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय