काठमाडौं– नेपाल बजारमा पहेंलो धातु सुनको मूल्य लगातार दोश्रो दिन पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ९०० रुपैयाँले घटेको हो ।

महासंघकाअनुसार छापावाला सुन प्रतितोला ९१ हजार १०० र तेजाबी सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बुधबार पनि सुन तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ । बिहीबार चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ३०० मा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय