काठमाडौं– प्राइमलाइफ इन्स्योरेन्स कम्पनीले सञ्चालनको १४ वर्ष पूरा गरेको छ । यस अवधिमा कम्पनीले जीवन बीमा क्षेत्रमा आफ्नो विशेष पहिचान स्थापित गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

‘सबल सुरुआतसँगै सबल संरचनायुक्त व्यावसायिक स्वरुप तथा संस्थागत सुशासन प्रणाली अवलम्बन गरी नेपालको उत्कृष्ट जीवन बीमा कम्पनीको रुपमा आफ्नो परिचय दिन कम्पनी सफल भएको छ,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ ।

आगामी दिनमा अझ बढी उत्तरदायी तथा व्यावसायिक भई जीवन बीमा व्यवसायलाई पारदर्शी बनाई देश विकासमा समेत योगदान गर्न कम्पनी सक्षम विज्ञप्तिमा उल्लेख छ ।
अहिले कम्पनीको चुक्तापुँजी २७८ करोड र जीवन बीमा कोष १७६३ करोड पुगेको छ ।

कम्पनीले हालसम्म आर्जन गरेको कुल बीमाशुल्क २६०४ करोड पुगेको पनि विज्ञप्तिमा उल्लेख छ । कम्पनीले हालसम्म १ करोड ७५ लाख ९ हजार ३४४ बिमालेख जारी गरेको र लगानी १८.३४ करोड पुगेको पनि विज्ञप्तिमा उल्लेख छ । कम्पनीले आर्थिक वर्ष २०७२/७३ देखि सेयरधनीलाई निरन्तर प्रतिफल दिँदै आएको बताइएको छ ।

बीमितहरुको समयसापेक्ष परिवर्तित उच्च स्तरको सेवा प्राप्त गर्ने चाहना तथा आवश्यकतालाई प्राथमिकता दिँदै कम्पनीले प्रत्येक वर्षजसो नविनतम तथा बीमा क्षेत्रमा नै पृथक खालको आकर्षक बीमा योजना ल्याएको जनाएको छ ।

हाल कम्पनीले १७ प्रकारका बीमा योजना बजारमा उपलव्ध गराएको छ । १४ जर्ष पूरा भई १५औं वर्षमा प्रवेश गर्न लागेको अवसरमा यही जेठ २० गते संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले अति सीमान्तकृत वर्गमा पर्ने सिरहाको सखुवा नन्करकट्टी गाउँपालिका वडा नं १ का ५३ परिवार मुसहरलाई भाँडाकुँडा हस्तान्तरण गरेको जनाएको छ ।

प्राइमलाइफले आफ्नो ग्राहकको बिमाशुल्क लगायतको भुक्तानी प्रक्रिया सरलताका लागि समय समयमा अनलाइन सेवाको विस्तार गर्दै आइरहेको जनाएको छ । हाल कम्पनीका ग्राहकले कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिएस, इसेवा, फोनपे, खल्ती जस्ता अनलाइन सेवामार्फत समेत इन्टरनेटको माध्यमबाट घरमै बसेर बिमाशुल्क लगायतको भुक्तानी गर्न सक्नेछन् । अन्य सम्बद्ध पक्षले समेत भुक्तानी प्राप्त गर्न कार्यालयमै उपस्थित हुन नपर्ने बताइएको छ ।

सुरुदेखि नै छिटो, छरितो सहज तथा विश्वसनीय सेवा प्रदान गर्दै आइरहेको प्राइमलाइफले ग्राहकलाई थप सुविधा दिन घरेमै बसेर सुरक्षित रुपमा भुक्तानीका विविध सुविधा प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हालको विषम परिस्थितिमा ग्राहकमा डिजिटल भुक्तानी सुविधा प्रदान गरी प्रभावकारी सेवा दिन अपरिहार्य रहेको भन्दै आगामी दिनमा समेत कम्पनीले ग्राहकमा थप सुविधा प्रदान गर्दै जानेमा जोड दिने बताए ।

यस कम्पनीले १५५ भन्दा बढी स्थानबाट देशभर जीवन बीमा सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय