काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जलाई सोमबार ह्विलचियर हस्तान्तरण गरेको छ ।

सोमबार नेपाल लाइफ इन्स्योरेन्सका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरी र शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेबीच सम्झौतापत्र आदनप्रदान गरी औपचारिक रुपमा ह्विलचियर हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लाइफका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत चौधरीले बिरामीलाई प्रत्यक्ष लाभ हुने ह्विलचियर प्रदान गर्न पाउनु आफैंमा गर्वको विषय भएको बताए । उनले विगतदेखि नै कम्पनीले विभिन्न किसिमका सामाजिक कार्य गर्दै आएको स्मरण गरे ।

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी भएको नाताले हाम्रो समाजप्रति पनि ठूलै दायित्व रहेको बताए । त्यसैले हाललाई १०० वटा ह्विलचियर शिक्षण अस्पताललाई प्रदान गरिएको र यस्ता सामाजिक कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेले बिरामी अस्पताल आउँदादेखि नै ह्विलचियर आवश्यक पर्ने र अस्पतालको आवश्यकताअनुसारको सामग्री छनोट गरेकोमा नेपाल लाइफ इन्स्योरेन्स परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गरे । यस्ता मनकारी संघ संस्थाको सहयोगले नै अस्पताल जिवन्त रहने र सेवा प्रवाहमा सहजता आउने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय