काठमाडौं– सबल बैंक, सफल सहकार्यको नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ मुद्दती योजना महालक्ष्मी क्रमिक बचत खाता सार्वजनिक गरेको छ ।

ज्येष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर उक्त बचत खाता सार्वजनिक गरेको हो ।

एक हजार रुपैयाँमै मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी क्रमिक बचत खाता’मा दैनिक मौज्दातमा १२ प्रतिशत व्याज गणना गरी उक्त ब्याज त्रैमासिक रूपमा साँवामा गाभी एकमुष्ठ रुपमा भुक्तानी गरिने बैंकले जनाएको छ ।

यस योजनाअन्तर्गत खाता खोलेका ग्राहकले ५ वर्षसम्म जुनसुकै समयमा यस खातामा रकम जम्मा गर्न सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ । महालक्ष्मी विकास बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकले मुद्दती खाता योजनाअन्तर्गतको आकर्षक यस महालक्ष्मी क्रमिक बचत खाता खोल्न सक्ने बताइएको छ ।

विगतदेखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्ध रहेको दाबी गरेको उक्र बैंकले ग्राहकको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै महालक्ष्मी क्रमिक बचत खाता सञ्चालनमा ल्याएको जनाएको छ । यो बैंकले देशभर छरिएका १०३ शाखामार्फत यो खाता खोल्न सकिने जानकारी गराएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बागमती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करीब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । बैंकले ग्राहकको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा इएमभी चिप्स बेस्ड ट्राभल कार्ड, इमकर्स कार्ड र डलर कार्ड जारी गरिसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय