काठमाडौं– कामचलाउन हैसियतमा पुगिसकेको सरकारले संवैधानिक निकायहरुमा गरेको नियुक्ति बदर गर्न माग गर्दै सभामुख नै सर्वोच्च पुगेका छन् ।

संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार आफैं सर्वोच्च पुगेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत विभिन्न संवैधानिक निकायमा सरकारले गरेको नियुक्ति बदर गर्नुपर्ने माग गर्दै रिट निवेदन दर्ता गराएका हुन् ।

सरकारले संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गर्नुअघि संसदीय सुनुवाइ हुनुपर्ने कानुनी प्रावधान मिच्दै विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेको छ ।

ओली सरकारले आफू अनुकूल निर्णय गर्न अध्यादेशमार्फत संवैधानिक परिषदसम्बन्धी कानुन समेत संशोधन गरी परिषदका सदस्य रहने विपक्षी दलका नेता, सभामुखको उपस्थितिबिनै निर्णय गर्न मिल्ने बनाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय