सेयर बजारलाई कसै कसैले जुवाघर पनि भन्छन् । सेयर बजारलाई जुवाघरको संज्ञा दिनेमा पूर्वप्रधानमन्त्री तथा अर्थमन्त्री डा. बाबुराम भट्टराई पनि पर्छन् । उनले सेयर बजारलाई जुवाघरसँग तुलना गर्दा निकै हंगामा मच्चिएको थियो ।

कहिले ह्वात्तै कमाउने र कहिले स्वाट्टै गुमाउनेपर्ने भएकाले यसलाई जुवाघर भनिएको हो । लगानी गर्दा विचार पुर्याउन सकिएन भने सेयर बजारमा मान्छे डुब्छन् । चलाख लगानीकर्ता सेयर कारोबारबाटै करोडौं कमाएका उदाहरण प्रशस्तै छन् ।

चालको नियम पत्ता लगाउने विश्वविख्यात भौतिकशास्त्री सर आइज्याक न्युटन पनि सेयर बजारमा लगानी गरेर गुमाउनेमध्ये पर्छन् ।

उनलाई असाध्यै चलाख वैज्ञानिक मानिन्छ । रुखबाट स्याउ खसेको घटना देखेर कुनै पनि वस्तुलाई आफूतिर तान्न सक्ने पृथ्वीको चरित्र पत्ता लगाएका न्युटनले सेयर बजारको चरित्र भने चिन्न सकेनन्, फलस्वरुप उनले २० हजार पाउन्ड गुमाए ।

बेन्जामिन ग्राहमको द इन्टेलिजेन्ट इन्भेस्टर अर्थात चलाख लगानीकर्ता नामको लेखमा वाल स्टिþट जर्नलका जासोन ज्वेइगले एउटा सानो उपकथा समावेश गरेका छन्, जुन साउथ सी कम्पनीमा न्युटनले गरेको लगानी गर त्यसबाट उनले सहनुपरेको घाटासँग सम्बन्धित छ ।
उक्त उपकथा यस्तो छः

सन् १७२० को हिउँदतिर सर आइज्याक न्युटनले साउथ सी कम्पनीको सेयर खरिद गरे, जुन तत्कालीन इंग्ल्यान्डमा हट केक थियो । उक्त सेयरमा गरेको लगानीबाट उनले शतप्रतिशत नाफा आर्जन गर्दै ७ हजार पाउन्ड कमाए । त्यसको केही महिनापछि नै उनले त्यसको तीनगुणा गुमाए अर्थात उनले २० हजार पाउन्ड गुमाए, जुन सन् २००२–२००३ को मूल्यमा २० लाख अमेरिकी डलर बराबर भएको बिजनेस इन्साइडर डट कममा प्रकाशित एक रिपोर्टमा उल्लेख छ । त्यो घाटापछि न्युटनले बोलेको शब्द ‘मैले अन्तरिक्षका पिण्डहरुको चाल त गणना गर्न सकें, तर मानिसको पागलपनको गणना गर्न सकिनँ’ निकै चर्चित छन् ।

त्यसपछि उनले आफ्नो जीवनभर नै आफू छेउमा आइपुग्ने व्यक्तिलाई साउथ सी नाम उच्चारण गर्न प्रतिबन्ध लगाए ।

निश्चय पनि न्युटन कम चलाख व्यक्ति थिएनन् । उनले क्याल्कुलस पत्ता लगाउनुका साथै चालका तीनवटा नियम बनाए । तर उनी चलाख लगानीकर्ता थिएनन् । त्यसैले ग्राहकले यसलाई यसरी व्याख्या गरेका छन्ः वास्तवमा लगानीकर्ताको प्रमुख समस्या–– उसको खराब सत्रु पनि –– ऊभित्रै हुन्छ ।

न्युटनलाई २० हजार पाउन्ड घाटा बेहोर्न बाध्य बनाउने साउथ सी कम्पनीको सेयर मूल्य सन् १७२० देखि १७२१ को अवधिमा निकै माथि पुगेर पहिलेको भन्दा पनि तल झरेको थियो ।

तस्बिरमा साउथ सी कम्पनीको सेयर मूल्यको उतारचढाव

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय