काठमाडौं– पुराना चार्टर्ड एकाउन्टेन्ट (सिए) गोपालप्रसाद राजबाहकको निधन भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्टस संघका अनुसार राजबाहकको बुधबार विहान काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको हो ।

संघका संस्थापक सदस्य तथा पूर्वअध्यक्ष राजबाहकले संघ स्थापना गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको संघका महासचिव तेजप्रसाद सुवेदीले जानकारी दिए ।

‘उहाँ प्रोफेसनको लागि केही गरौं भन्ने भावना भएको व्यक्ति हुनुहुन्थ्यो,’ राजबाहकलाई नजिकबाट नियालेका महासचिव सुवेदीले भने । राजबाहकले चार्टर्ड एकाउन्टेन्टस शिक्षामा विद्यार्थीलाई प्रोत्साहन गर्न संघ मातहत पुरस्कार कोषसमेत खडा गरेका छन् । उक्त कोषबाट चार्टर्ड एकाउन्टेन्टसको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार दिने गरेको महासचिव सुवेदीले जानकारी दिए ।

जिपी राजबाहक एन्ड कम्पनीका संस्थापक राजबाहकलाई नेपाली लेखा व्यवसायमा सम्मानित व्यक्तिका रुपमा हेरिन्छ । राजबाहक जीवनको अन्तिम समयसम्म लेखा व्यवसायमा सक्रिय थिए । स्वर्गीय राजबाहकको बुधबार नै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय