काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ७७ अंकले बढेर २,६२९ दशमलव ८१ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ५५ अंकले बढेर ४६९ दशमलव ०१ मा पुगेको छ ।
त्यसैगरी फ्लोट सूचक ० दशमलव ७९ अंकले बढेर १८१ दशमलव १८ मा पुगेको छ ।
यसैगरी सेन्सेटिभ फ्लोट सूचक ० दशमलव ५५ अंकले बढेर १५८ दशमलव ३६ मा पुगेको छ । आज विभिन्न कम्पनीका १ करोड ७२ लाख ७० हजार ४४९ कित्ता सेयर ५ अर्ब ४४ करोड ७३ लाख १३ हजार १६८ मूल्यमा खरिद बिक्री भएका छन् । १३ उपसमूहमध्ये १२ उपसमूह बढ्यो भने एक उपसमूह घट्यो ।
आज १७६ कम्पनीको सेयर मूल्य बढ्यो भने ९५ कम्पनीको सेयर मूल्य घट्यो । त्यसैगरी सात कम्पनीको सेयर मूल्य स्थिर रह्यो । नेप्सेका अनुसार नेपाल ल्युब आयल, सोनापुर मिनरल्स एन्ड आयल, कुमारी सबल योजनालगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी मिड सोलु हाइड्रोपावर, धौलागिरि लघु वित्तीय संस्था र सिटिजन सुपर ३० म्युचुअल फन्डलगायतका लगानीकर्ताले गुमाएका छन् ।









