काठमाडौं– आइएमई जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्सले आर्थिक वर्ष ०७६–७७ को वितरण मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर बापत चुक्ता पूँजीको ०.३७ प्रतिशत नगद लाभांश गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीको मंगलबार सम्पन्न सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश बिमा समितिबाट स्वीकृत भइ कम्पनीको साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
कम्पनीको हाल चुक्ता पुँजी एक अर्ब ८ करोड १८ लाख ३६ हजार रहेको छ भने प्रस्तावित लाभांश वितरणपछि एक अर्ब १५ करोड ७५ लाख ८६ रुपैयाँ पुग्नेछ ।