काठमाडौं– महालक्ष्मी विकास बैंकले बाल सारथी विद्यालय भवन निर्माणको लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बैंकले बिहीबार एक कार्यक्रमबीच रकम हस्तान्तरण गरेको हो । बैंकको बजार व्यवस्थापन विभागकी प्रमुख दिपाञ्जली खकुरेलले बाल सारथी संस्थाकी अध्यक्ष अस्मिता सुमार्गीलाई पाँच लाखको चेक हस्तान्तरण गरेकी हुन ।
उक्त अवसरमा खकुरेलले संस्थामा अध्ययनरत बालबालिकालाई वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण पनि दिइएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।