धनुषा– विश्व हिन्दू परिषद् नेपाल धनुषा जिल्ला कार्य समितिले जनगणना सचेतना कार्यक्रम गरेको छ । शनिबार जनकपुरधामस्थित गायत्री कुञ्ज अतिथि सदनको सभाहलमा कार्यक्रम गरिएको संस्थाले जनाएको छ ।

केन्द्रीय तथ्यांक विभागले प्रत्येक १० वर्षमा गर्ने राष्ट्रिय जनगणनाको बाह्रौं शृंखला यही २०७८ जेठ २२ देखि असार ८ गतेसम्म सञ्चालन हुँदैछ । उक्त जनगणनाका लागि तयार पारिएको फारममा धर्म जनाउने बुदाँमा ‘प्रकृति पूजक’ एवं ‘अन्य’ शीर्षक भएको बुँदा समेत समावेश गरिएकोप्रति विश्व हिन्दू परिषद् नेपालको गम्भीर ध्यानार्षण भएको कार्यक्रमका वक्ताहरुले बताए ।

‘आउँदो जनगणनामा हिन्दूहरुको संख्या न्यून देखाउने उद्देश्यले पश्चिमा एवं हिन्दूविरोधी तत्त्वहरुको योजनाबद्ध षडयन्त्र अन्तर्गत जनगणना फारम तयार पारिएको तथ्य प्रस्टै देखिएको छ । यस सन्दर्भमा समय मै सचेत हुन आवश्यक भएको हुनाले विश्व हिन्दू परिषद् नेपाल जिल्ला कार्य समिति धनुषाले जनगणना सचेतना कार्यक्रम आयोजना गरिएको हो,’ परिषद्का एक अधिकारीले भने ।

कार्यक्रममा प्रमुख अतिथ पूर्वएआइजिपी एवं हिन्दू स्वयंसेवक संघ नेपालका सह–संघचालक कल्याण तिमिल्सिना, विश्व हिन्दू परिषद् नेपालका ट्रस्टी ओमप्रकाश सर्राफ, राष्ट्रिय सदस्य मनोहर साह, जिल्ला अध्यक्ष सन्तोष साह लगायत स्थानीय समेत गरी करिब सयजनाको उपस्थिति रहेको बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय