आर्थिक मन्दी आजकल सबैको मुखबाट दिनको १० पटकसम्म निस्किन थालेको पाइन्छ । ८–१० महिनाअघिसम्म देशका ठूला व्यापारी र कर्पोरेट समाजमा चर्चा हुनेमा अहिले निम्न वर्गसम्म पुगेको छ । यो मन्दी धनीहरुका धन सञ्चय गर्नका लागि अभूतपूर्व अवसर बनेको छ भने गरिबहरु झन्झन् गरिब हुँदै छन् ।

पहिलेपहिले सार्वजनिक पार्क, मल, बजार, स्कुल कलेज, चिया पसल, होटेल, रेस्टुरेन्ट आदिमा भिडभाड देखिन्थ्यो । आजकल भिड हेर्न, म्यानपावर, राहदानी विभाग, एजुकेसनल कन्सल्ट्यान्सी र बायोमेट्रिक सेन्टर जानुपर्छ । अहिले मालामाल भनेको यिनै ठाउँ हुन्, बाँकी सबैको अनुहार मलिनो देखिन्छ । बजारमा जताततै सटर खाली, भाडामा, पसल बिक्रीमा जस्ता ब्यानर टाँगिएका देखिन्छन् । ज्यादात्तर पसलहरु विदेशको भिसा लागेका कारण बेच्न लागेको उनीहरु बताउँछन् ।

पहिले खाली सटर ३०–३५ लाख सलामीमा बिक्री हुने न्युरोड, महाबौद्ध, दरबारमार्ग, लगनखेल, कोटेश्वर, बालाजु, कलंकीलगायत ठाउँमा समेत छ्यासछ्यास्ती सटर भेटिन थालेको छ । नहुनेलाई भाडा तिर्न सकस, हुनेलाई बिनासलामी आकर्षक ठाउँमा कौडीको भाउमा सामानसहित किन्ने अवसर । भाडा र ब्याज तिर्न व्यक्तिगत महाजनसँग ब्याजमा पैसा लिन वा घरघडेरी, सवारीसाधन, गरगहना बन्धक राख्नुपर्ने बाध्यता भएको अधिकांश व्यवसायीको गुनासो सुनिन्छ । अहिले पैसा हुनेलाई भने जताततै अवसर देखिन्छ ।

कैयौं व्यापारिक प्रतिष्ठानले कर्मचारी कटौती, वार्षिक पारिश्रमिक वृद्धि रोक्ने, सेवा सुविधा कट्टी, महिनौं तलब नदिने आदि गर्नाले समेत मासिक आयस्तर न्यून भएकाहरुको आर्थिक अवस्था झन् कमजोर भइरहेको छ । यसले रियल स्टेट क्षेत्रमा निर्भर साना व्यवसायीका लागि त यो मन्दीले झन् ठूलो खाडल खनेको पाइन्छ । घरजग्गामा आयको ७० प्रतिशतसम्मको गिरावट छ । यो गत आर्थिक वर्ष र चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत रियल स्टेटमा गरिएको कडाइ नतिजा हो । जग्गाको भाउ २० देखि ६० प्रतिशतसम्म घटेको बताइन्छ ।

जताततै घरजग्गाको भाउ सस्तिएको, ५ वर्षअघिको भाउमा बेच्न खोज्दा समेत नबिकेको, जग्गा नबेची बैंकको ब्याज तिर्न नसक्ने, घाटा खाएर बेच्दा समेत ग्राहक नभेटेको जग्गा व्यवसायीको गुनासो छ । अहिले पैसा हुनेहरु सस्तोमा जग्गा किन्दैछन्, उनीहरुलाई जताततै अवसरै अवसर छ ।

नहुनेलाई भाडा तिर्न सकस, हुनेलाई बिनासलामी आकर्षक ठाउँमा कौडीको भाउमा सामानसहित किन्ने अवसर । भाडा र ब्याज तिर्न व्यक्तिगत महाजनसँग ब्याजमा पैसा लिन वा घरघडेरी, सवारीसाधन, गरगहना बन्धक राख्नुपर्ने बाध्यता भएको अधिकांश व्यवसायीको गुनासो सुनिन्छ । अहिले पैसा हुनेलाई भने जताततै अवसर देखिन्छ ।

अहिले बैंकहरूमा ६ खर्ब रूपैयाँ हाराहारी लगानीयोग्य रकम थुप्रिएको छ । तर यो महिना पनि बैंकहरु कर्जा लगानीभन्दा असुलीमै बढी केन्द्रित हुने देखिएको छ । नेपालको अर्थतन्त्र आयातमा आधारित भएको र यसमा अपेक्षित वृद्धि नभएकाले पनि कर्जाको माग बढ्न नसकेको बैंकरहरूको विश्लेषण छ । ब्याजदर घटे पनि कर्जाको माग बढेको छैन, अपेक्षा गरेअनुसार आयात नबढेकाले पनि कर्जा लगानीमा समस्या देखिन्छ । अहिले निक्षेप बढिरहे पनि कर्जामा सोही अनुपातमा वृद्धि देखिएको छैन । बैंकहरुको कर्जा–निक्षेप अनुपात ८० प्रतिशतभन्दा कम भइसकेको छ । अहिले यस्तो अनुपात ७९.८९ प्रतिशत छ ।

बैंकहरूमा अहिले रकम थुप्रिएको र कर्जाको ब्याजदर घटेकाले पुसमा कर्जा लगानी बढ्ने अपेक्षा गरिएको थियो । तर त्यस्तो सम्भावना कम देखिएको छ । अहिलेको अवस्थामा वाणिज्य बैंकमा मुद्दती खातामा पैसा राख्दा ढुक्कसँग ७–१० प्रतिशत ब्याज पाइन्छ, तर १२–१५ प्रतिशतसम्मको बैंकको ब्याजमा ऋण लिएर व्यापार गर्दा ब्याज समेत तिर्न नसक्ने भएकाले अहिले मानिसहरु व्यापारमा लगानीभन्दा बैंकमै पैसा राख्दा सुरक्षित हुने ठान्छन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमै (साउन–भदौ–असोज) बैंकहरुको खराब कर्जा उच्च दरमा बढेर औसत ३.३३ प्रतिशत हाराहारी पुगेको थियो । केही बैंकहरुको यस्तो खराब कर्जा ४–५ प्रतिशतसम्म पुगिसकेको अवस्थाले धेरै नेपालीहरुको बैंक क्रेडिट छवि बिग्रिरहेको देखिन्छ । चेक बाउन्सलगायत धितो लिलामीले अधिकांश बैंकिङ डिफल्टरहरु तनावमा छन् ।

कर्जा सूचना केन्द्रका अनुसार यो वर्ष मंसिर मसान्तसम्म कुल ७३ हजार ३७१ ऋणीलाई बैंक तथा वित्तीय संस्थाले कालोसूचीमा राखेका छन् । विगत चार महिनामा सूचीमा १४,७७५ नयाँ थपिएका छन् । केन्द्रको अभिलेखले कालोसूचीमा परेकाको संख्या मुख्यतया विगत पाँच वर्षमा निकै बढेको देखाएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्ष असार मसान्तसम्ममा २१ वाणिज्य बैंकले ६७ अर्ब २३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चर्को आर्थिक मन्दीको बीचमा अधिकांश व्यापार टाट पल्टिँदा पनि बैंकहरुको आकर्षक नाफाले नेपालमा सुरक्षित र मालामाल व्यवसाय भनेको बैंकमात्र हो भन्न्ने भान गराउँछ ।

यो वर्ष नेपालको अर्थतन्त्र ६ दशकमा पहिलोपटक मन्दीमा फसेको छ । कोभिड–१९ को झट्का, विदेशी मुद्रा सञ्चिति जोगाउन बिलासी सामानको आयातमा प्रतिबन्ध लगाउने सरकारको निर्णय र निराशाजनक पुँजीगत खर्चले यो आर्थिक संकट निम्त्याएको हो । अर्कोतर्फ रोजगारी खोज्न विदेश जाने युवाको भिड र सहकारी तथा मिटरब्याजी पीडित, किसान र विद्यालय शिक्षकहरुको सडक आन्दोलनले झन् देशमा निराशाजनक स्थिति सिर्जना पैदा गर्यो ।

मुद्रास्फीति ८ प्रतिशतमा छ, रोजगारी सिर्जनामा कुनै प्रगति हुन सकेको छैन । रेमिट्यान्सको बढ्दो प्रवाह र पर्यटन क्षेत्रको वृद्धिले देशको विनिमय सञ्चिति बढाउन मद्दत गरे पनि नेपाल आर्थिक रूपमा संघर्षरत छ । बढ्दो आर्थिक समस्याहरूले मानिसहरूमा क्रोध उत्पन्न गर्दैछ, जसले प्रणालीलाई पल्टाउने लक्ष्य राखेका प्रतिगामी शक्तिहरूलाई प्रजनन स्थल प्रदान गर्दै छ । ती शक्तिहरूले जनताको गुनासोलाई उपयोग गरेर आफ्नो राजनीतिक स्वार्थ अगाडि बढाउन खोजेका छन् ।

नेपाल सन् २०२३ मा भ्रष्टाचार अवधारणा सूचकांकमा ११०औं स्थानमा रहेको र संघीय संरचनाको अनुकूलनसँगै स्थानीय निकायमा पनि भ्रष्टाचार बढेको रिपोर्ट आएको छ । २०२३ मा सर्वसाधारणमा आक्रोश थप्दै दुई ठूला भ्रष्टाचार काण्ड सार्वजनिक भए जसमा प्रमुख राजनीतिक दलहरू संलग्न रहेको आरोप छ । नक्कली शरणार्थी काण्ड, ललिता निवास जग्गा काण्ड, एनसेल खरिदबिक्री काण्ड, सुन तस्करी काण्ड आदिमा दलहरूले आफ्ना अधिकारीहरूलाई बचाउन हस्तक्षेप गर्ने प्रयास गरे पनि शीर्ष राजनीतिज्ञ र दर्जनौं उच्च सरकारी अधिकारीहरू पक्राउ परेका छन् । यद्यपि अनुसन्धान जारी छ ।

घरमै रोजगारीको अवसर नहुँदा अधिकांश युवाहरू देश छाड्न बाध्य भएका छन् । फलस्वरुप आर्थिक वर्ष २०२२–२३ मा रेमिट्यान्स आप्रवाह १२.१ प्रतिशतले बढेर ९.३ अर्ब डलर पुग्यो । यो कुल गार्हस्थ उत्पादनको अनुपातमा २२.७ प्रतिशत हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार गत आर्थिक वर्षको २०७९–८० पहिलो ११ महिनामा विदेश भ्रमणमा जाने नेपालीले १ खर्ब १९ अर्ब ९९ करोड रुपैयाा खर्च गरेका छन् ।

सोही अवधिमा नेपाल आउने विदेशी पर्यटकबाट ५८ अर्ब ६ करोड रुपैयाँ आम्दानी भएको छ । यसबाट के प्रस्ट हुन्छ भने विश्वभरका पर्यटकले नेपालमा खर्च गर्ने डलरभन्दा नेपालीले विदेश घुमेर खर्च गर्ने डलर दोब्बर छ । यो पनि ठूलो व्यापार घाटा हो ।

आर्थिक वर्ष २०२२–२३ मा नेपालको निकासी १ खर्ब ५७ अर्ब रुपैयाँ बराबर थियो, जुन यसको कुल १६ खर्ब आयातको एक अंश मात्र हो । यो निरन्तर ढाँचाले देशको आयातमा निर्भरतालाई जोड दिन्छ । नेपालले आर्थिक वर्ष २०२२–२३ मा १४ खर्ब रुपैयाँको डरलाग्दो व्यापार घाटा सामना गर्यो । यसको अर्थ नेपालीले विदेशबाट कमाएर पठाएको पैसा आयातमार्फत पुनः विदेश पुगिरहेको छ, किनकि नेपालमा उत्पादन घट्दो छ । नुनदेखि सुनसम्म हामी आयात गर्छौं ।

नेपालका उर्वर खेतबारि बाँझै छन्, खेती गर्ने सबै बिदेसिएका छन् । रेमिट्यान्सको पैसाले जहान परिवारले सबै आयातित वस्तु उपभोग गर्नुपर्छ । उताबाट जति रेमिट्यान्स पठाए पनि आयातको कारोबार गर्नेहरु मात्र मालामाल हुँदैछन् ।

नेपाल राष्ट्र बैंकको रेकर्डअनुसार विद्यार्थीले आर्थिक वर्ष २०२२–२३ को ११ महिनामा शुल्क तिर्न विभिन्न देशमा ५१० मिलियन डलर (७५ अर्ब रुपैयाँ) पठाएका छन्, जुन आर्थिक वर्ष २०२१–२२ भन्दा १० प्रतिशत बढी हो । तर अनधिकृत रुपमा नेपाली अभिभावकले छोराछोरीका लागि अस्ट्रेलिया, अमेरिका जस्ता देशमा व्यापार र घर किन्न पठाएको पैसा, नेपाली व्यापारीले विदेशमा व्यापार गर्न लगेको पैसाको त लेखाजोखा नै छैन । यसले नेपालमा लगानीयोग्य चक्रीय पुँजीको अभाव गराउन मदत गरिरहेको छ । नेपालप्रतिको वितृष्णा यसको प्रमुख कारण हो । जसबाट धनी देशहरु झन् धनी हुँदैछन् ।

देशको कुल जनसंख्या २ करोड ९१ लाखमा २५ देखि ३० लाख युवा भारतमा कार्यरत रहेको अनुमान गरिएको छ । यसबाहेक मलेसिया, साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमान, बहराइन, दक्षिण कोरियालगायत मुलुकमा झन्डै ५० देखि ६० लाख युवा श्रमिकका रूपमा कार्यरत छन् । ५ देखि ७ लाख युवा अस्ट्रेलिया, अमेरिका, अमेरिका, बेलायत, जापान लगायत देशमा उच्च शिक्षा अध्यनरत रहेको अनुमान छ, जो सम्भवतः नेपाल फर्किंदैन ।

आर्थिक वर्ष २०२२–२३ मा ७ लाख ५० हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएको अनुमान छ, जुन आफैंमा कीर्तिमान हो । कानुनी माध्यमबाट दैनिक २ हजारभन्दा बढी युवा रोजगारीका लागि बिदेसिने गरेका छन् । यसका साथै अवैध रुपमा बिदेसिनेहरु पनि छन् ।

मुद्रास्फीति ८ प्रतिशतमा छ, रोजगारी सिर्जनामा कुनै प्रगति हुन सकेको छैन । रेमिट्यान्सको बढ्दो प्रवाह र पर्यटन क्षेत्रको वृद्धिले देशको विनिमय सञ्चिति बढाउन मद्दत गरे पनि नेपाल आर्थिक रूपमा संघर्षरत छ । बढ्दो आर्थिक समस्याहरूले मानिसहरूमा क्रोध उत्पन्न गर्दैछ, जसले प्रणालीलाई पल्टाउने लक्ष्य राखेका प्रतिगामी शक्तिहरूलाई प्रजनन स्थल प्रदान गर्दै छ । ती शक्तिहरूले जनताको गुनासोलाई उपयोग गरेर आफ्नो राजनीतिक स्वार्थ अगाडि बढाउन खोजेका छन् ।

वैदेशिक रोजगारीमा जानेमा ८१ प्रतिशत पुरुष र १९ प्रतिशत महिला छन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को अनुमानअनुसार १५ देखि २९ वर्ष उमेर समूहका नेपाली युवाको बेरोजगारी दर १९ दशमलव २ प्रतिशत छ । स्वदेशभित्रै रोजगारी नपाएपछि युवा शक्ति पहिलेभन्दा आज हतास छ । त्यसैले वैचारिक पृष्ठभूमि जस्तोसुकै भए पनि उनीहरु रोजगारीका लागि विदेश जाने रोज्छन् ।

केही साताअघि एउटा दैनिक पत्रिका (द काठमाडौं पोस्ट) ले नेपालका करिब ५५० कलेजहरू विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको समाचार छापेको थियो । गत वर्ष झन्डै एक लाख विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन सर्टिफिकेट लिएका छन् र झन्डै त्यति नै विद्यार्थी विदेशतर्फ प्रस्थान गरेका छन् ।

भारतीय सेनामा अग्निपथ योजनाअन्तर्गत चारवर्षे सेवाको नयाँ नियम सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सम्झौता विपरीत भएको नेपाल सरकारको किटान छ । प्रत्येक वर्ष १ हजार ३ सय गोर्खा भारतीय सेनामा भर्ना हुने गर्दथे, तर नेपाल सरकारले सन् २०२३ मा भारतीय सेनामा गोर्खा भर्ना रोक्ने निर्णय गरेपछि धेरैजसो रोजगारीको खोजीमा विदेश जान थालेका छन् । यद्यपि नेपाल सरकारको रसियासँग नेपाली नागरिकलाई भाडामा काम गर्न दिने कुनै द्विपक्षीय सम्झौता छैन । कतिपय नेपाली युवा युक्रेनविरुद्ध रुसको पक्षमा मात्र नभई रुसविरुद्ध युक्रेनको पक्षमा लडिरहेका छन् भन्ने पनि मिडिया रिपोर्टहरूले पुष्टि गरेका छन् ।

१६ मे २०२३ मा, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको यो युद्धमा पंक्तिमा सामेल हुन चाहने विदेशी नागरिकको लागि रूसी नागरिकता प्राप्त गर्ने प्रक्रिया सरल बनायो । उनले यस्ता व्यक्तिका परिवारका सदस्यलाई रुसी नागरिकता दिने नियम पनि सरल बनाएका छन् । यो परिप्रेक्षमा नेपाल भन्दा ज्यानकै जोखिम मोलेर भय पनि अन्जान देशको लागि उज्वल भबिस्यको कल्पनामा जोखिम मोल्न नेपाली युवाहरु तत्पर रहेको पाइन्छ ।

यी विभिन्न सूचकहरुलाई मध्यनजर गर्दा हालको आर्थिक मन्दीले गरिबलाई झन् गरिब र धनीलाई झन् धनी बनाउँदैछ । मध्यम वर्ग जो सानोतिनो उत्पादन र वितरणको काम गर्नेहरु झन् आफ्नो व्यापार बन्द गर्न र बिदेसिन बाध्य हुँदैछन् । जसले गर्दा नेपालमा उत्पादन पूर्ण रुपमा बन्द भई आयातमै निर्भर हुने बाटोमा जाँदै छ । जसबाट सीमित आयात कारोबारी र छिमेकी देश मात्र मालामाल हुँदैछन् ।

आजकल अत्याधिक मात्रामा आर्थिक मन्दीको बारेमा हुने चर्चाले धेरै मानिसहरुमा अनिश्चितताको भावना बढेको पाइन्छ । यो समयमा सबै संयम भएर सकारातमक विचार मात्र सोच्नु जरुरी हुन्छ, जसले मानिसहरूलाई ‘बाउन्स ब्याक’ गर्न मद्दत गर्छ जबकि नकारात्मक अनिश्चितता सोचले झन् मानिसमा कमजोर आत्मविश्वास लगायत डिप्रेसनको सिकार बनाउँछ ।

अमेरिकन साइकोलोजिकल एसोसिएसनको स्ट्रेस इन अमेरिका सर्भेका अनुसार पैसा अमेरिकीहरूका लागि तनावको महत्त्वपूर्ण स्रोत हो । तपाईंको पारिवारिक अवस्थालाई असर गर्ने वा भविष्यमा त्यसो हुन सक्ने डर लाग्ने खराब समाचारले घेरिएको जस्तो लाग्दा विचलित हुनु सामान्य कुरा हो । तर आफूलाई सरल व्यवस्थापन गर्न, तपाईंको लचिलो पनको विकास गर्दै यो कठिन अवस्थालाई सकारात्मक जीवनको अंगको रूपमा हेर्न जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय