काठमाडौं– स्थानीय बजारमा आइतबार पहेंलो धातु सुनको मूल्य ५०० ले घटेको छ । अघिल्लो साता पनि ओरालो लागेको सुन कारोबार साताको पहिलो दिन आइतबार नै तोलामा ५०० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ८८ हजार ३०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा ८८ हजार ८०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन तोलामा ८७ हजार ८५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार तेजाबी सुन तोलामा ८८ हजार ३५० मा कारोवार भएको थियो ।
महासंघका अनुसार आइतबार चाँदी पनि तोलामा १० रुपैयाँले घटेको छ । शुक्रबार तोलामा एक हजार ३३५ मा कारोवार भएको चाँदी आइतबार भने एक हजार ३२५ मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।