काठमाडौं– नेपाल सरकार र नेत्रबिक्रम चन्द (विप्लव) ले नेतृत्व गरेको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीबीच तीनबुँदे सहमति भएको छ ।
सरकारी र विद्रोही वार्ता टोलीले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै तीनबुँदे सहमति भएको जानकारी गराएको हो ।

सहमतिमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्बादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषय रहेको विज्ञप्तिमा उल्लेख छ ।

सहमतिको विस्तृत विवरण शुक्रबार दिउँसो २ः०० बजे विशेष समारोहमा सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ । उक्त समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका महासचिव विप्लवले सम्बोधन गर्ने सरकारी वार्ताटोलीका संयोजक तथा गृहमन्त्री रामबहादुर थापा र नेपाल कम्युनिस्ट पार्टीका वार्ताटोली प्रमुख प्रकाण्डले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय