काठमाडौं– एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७६/७७ को नाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको बिहीबार सम्पन्न सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको कुल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांशमा चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशतले नगद लाभांश (बोनसमा लाग्ने कर प्रयोजनार्थ) रहेका छन् ।
कम्पनीद्वारा प्रस्तावित लाभांश बिमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।