काठमाडौं–  वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले प्रविधिको दुरुपयोग गरी आफूलाई बदनाम गराएको आरोप लगाएका छन् । नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघले काठमाडौंमा आयोजना गरेको १०औं महाधिवेशन तथा २१औं वार्षिक साधारणसभालाई सम्बोधन गर्ने क्रममा आफूले बोलेको भाषण तोडमोड गरी बदनाम गराउने उद्देश्यले कुप्रचार गरेको आरोप उनले लगाए ।

‘वर्तमान सरकार तथा मप्रति कुदृष्टि राख्नेले मेरो भाषणलाई तोडमोड गरी एडिट गरेर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्, यस्तो कु प्रचार नगर्न र उक्त कुराको विश्वास नगर्न म आग्रह गर्दछु,’ मन्त्री आलेले भने । सो कार्यक्रममा मन्त्री आलेले रुखले हामीलाई कार्बन डाइअक्साइड दिने र हामीले रुखलाई अक्सिजन दिने बताएका थिए ।

प्रविधिको दुरुपयोग गरी बदनाम गराउने काम भएको उल्लेख गर्दै उनले उक्त विषयमा गम्भीर ध्यानाकर्षण भएको बताए । नबोलेको कुरा एडिट गरेर बोलेको हो भन्दै प्रचार नगर्न उनले आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय