काठमाडौं– अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सांग्रिला डेभलपमेन्ट बैंकले नारी बचत खाता सुरु गरेको छ । १८ वर्षभन्दा माथि उमेर समूहका महिलालाई लक्ष्य गरी बैंकले उच्चतम ब्याजदरसहित बचतलाई प्रोत्साहन गर्न उक्त योजना सार्वजनिक गरेको जनाएको छ ।

यस खाता खोल्ने ग्राहकलाई वार्षिक पाँच प्रतिशतका दरले मासिक रुपमा ब्याज भुक्तानी गरिने र लकर शुल्कमा पहिलो वर्षको लागि ५० प्रतिशत छुट दिइने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

यस बैंकले देशभर छरिएका ९१ वटा शाखामार्फत तीन लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय