काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न आठ नयाँ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले इलामको इलाम नगरपालिका वडा नं. १, नेपालटार, सिराहाको कर्जन्हा नगरपालिका वडा नं. २, बन्दीपुर, रसुवाको गोसाँइकुण्ड गाँउपालिका वडा नं. १, थुमन, तनहुँको भानु नगरपालिका वडा नं. ११, टुहुरेपसल, कैलालीको जानकी गाँउपालिका वडा नं. ७, मिलनचोक, लमजुङको सुन्दर बजार नगरपालिका वडा नं. १०, कोइरालाफाँट, बाँकेको खजुरा गाँउपालिका वडा नं. ६, सिमलघारी र अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. ६, रतनमारेमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो । योसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २५३ पुगेको छ ।

शाखारहित बैंकिङ एकाइबाट ग्राहकले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्ने बैंकले जनाएको छन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिसहोम, सिडिएमए, युटिएल, एनटिसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायत सेवा लिन सक्नेछन् ।

स्थानीयलाई बैंकिङ सेवा लिन टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यता हटाउन बैंकले शाखारहित बैंकिङ सेवा सुरु गरेको जनाएको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ सेवाको पहुँच दिने उद्देश्यले ७ वटै प्रदेश तथा ७५ जिल्लामा २७० शाखा, २४२ एटिएम, २५३ शाखा रहित एकाइ, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढी सेवा केन्द्रबाटसेवा प्रदान गरिरहेको जनाएको छ । यसले २२ लाखभन्दा बढी ग्राहकमााझ सेवा प्रदान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय