काठमाडौं– विश्वव्यापी मोबिलिटी एन्ड अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा दसैैं तिहारका लागि ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु गरेको छ । अघिल्लो संस्करणबाट उल्लेखनीय सफलता र उत्साहजनक प्रतिक्रियापछि यस पटक अभियानलाई अझ बढी परिस्कृत बनाउने वाचा गर्दै प्लेटिनम ड्राइभर्स गिभअवे शुरु गरेको कम्पनीले जनाएको छ ।
इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई विशेष रुपमा सम्मान र पहिचान गर्न यो क्याम्पेन ल्याएको जनाएको छ । यसमा ग्रान्ड प्राइजमा ब्रान्ड न्यू टाटा एक्सप्रेस ईभी कार, टीभीएस रेइडर मोटरसाइकल र प्रिमियम हाई–इन्ड ग्याजेटहरू रहेका छन् ।
अभियानको पहिलो चरण भदौ ९ देखि १५ गतेसम्म दोस्रो चरण च्यालेन्ज थ्री विक्स भदौ १६ गतेदेखि असोज ५ गतेसम्म चल्ने बताइएको छ । यी अवधिमा प्लेटिनम स्ट्याटस कायम गर्ने चालकहरु साप्ताहिक पुरस्कारका लागि योग्य हुने बताएएको छ । सबै चरणहरुमा प्लेटिनम स्ट्याटस कायम गर्ने चालक ग्रान्ड प्राइजका लागि योग्य हुने बताइएको छ । ड्राइभर्सले जतिधेरै राइड पुरा गर्नेछन् त्यतिनै धेरै पुरस्कार जित्ने सम्भावना बढ्ने विज्ञप्तिमा उल्लेख छ ।
विजेताले टाटा एक्सप्रेस–टी इभी (क्याब ड्राइभर ग्रान्ड प्राइज) र टीभीएस रेइडर मोटरसाइकल (बाइक राइडर ग्रान्ड प्राइज) पाउने बताइएको छ । साप्ताहिक विजेताले स्मार्टफोन, स्मार्टवाच र इयरबड्सहरु जित्न सक्नेछन् ।
इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेशन म्यानेजर सुनिता जीमी राईले क्याम्पेनप्रति आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, ‘प्रतिज्ञा गरेअनुसार, हामी ठूलो र राम्रो अभियान लिएर फर्किएका छौं । हाम्रा चालकहरू इनड्राइभ परिवारको केन्द्रमा रहेका छन्, र हामी उनीहरूको समर्पण र कडा परिश्रमलाई सम्मान गर्ने मौका कहिल्यै गुमाउँदैनौं, त्यसैले हामी तपाईंलाई दसैं र तिहारको अवसर पारेर मेगा गिभअवे ल्याउन पाउँदा उत्साहित छौं । अविश्वसनीय मेगा गिफ्ट ह्याम्परहरू जित्ने मौकाको लागि अहिले नै राइड सुरु गर्नुहोस् । आउनुहोस्, यो चाडवाडको मौसमलाई सँगसँगै मिलेर अझ उत्सवमय बनाऔं ।’









