काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सम्पत्ति विवरण विवरण सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री शाहले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनीसँग १ करोड ४६ लाख रुपैयाँ नगद र १९० तोला सुन छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणमा उनले उक्त रकम फेसबुक, युट्युब, टिकटक, स्पोटिफाइ र इन्स्टाग्रामबाट पाएको उल्लेख गरेका छन्।
प्रधानमन्त्री पत्नी सविना काफ्लेसँग १९० तोला गहना भएको समेत पनि सम्पत्ति विवरणमा उल्लेख छ ।
शाहकी आमा ध्रुवदेवी शाहको नाममा काठमाडौं वडा नम्बर ९ मा ५ आना र धनुषामा १ दशमलव २ बिघा जग्गा रहेको उल्लेख छ।
त्यस्तै बुवा रामनारायण शाहको नाममा महोत्तरीमा ९ बिघा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ।
प्रधानमन्त्री शाहले फेसबुक, युट्युब र ट्विटरमा भएको फलोअर संख्यालाई अन्य सम्पत्तिको रुपमा देखाएका छन्।









