काठमाडौं– विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले बढेको हो ।
गत शुक्रबार २ लाख ९० हजार ६०० रुपैयाँमा मा खरिद–बिक्री भएको एक तोला सुनको मूल्य आज ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ । त्यसैगरी, एक तोला चाँदीको मोल ५ हजार ३४५ निर्धारण भएको छ । गत शुक्रबार एक तोला चाँदी ५ हजार ४० रुपैयाँमा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औंस सुन चार हजार ७३० र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।









