काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा १ हजार ६०० र चाँदी ६० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ८७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको भाउ ४ हजार ४१० रुपैयाँ निर्धारण भएको छ ।

गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य २ लाख ८५ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको भाउ ४ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो । गत बिहीबार एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार ३०० र चाँदी ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औंस सुन ४ हजार ५२ र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय