काठमाडौं– कर सप्ताह २०८३ को समापन तथा सम्मान समारोहमा सोमबार आन्तरिक राजस्व कार्यालय कोटेश्वरले नेपाल क्यान ग्रुप मुभ प्रालिलाई सम्मान गरेको छ ।

आर्थिक वर्ष २०८१–८२ को आय विवरणअनुसार सेवा व्यवसायीतर्फ सबैभन्दा बढी आयकर दाखिला गरेको योगदानको कदर गर्दै आन्तरिक राजस्व कार्यालय कोटेश्वरले कम्पनीलाई सम्मानपत्र प्रदान गरेको हो।

कार्यकारी निर्देशक गंगबहादुर थापा र प्रमुख कार्यकारी अधिकृत सुजित आचार्यको नेतृत्व, दूरदर्शिता र निरन्तर योगदानका कारण संस्थाले यो उपलब्धि हासिल गर्न सफल भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

पुरस्कृत भएकोमा टिप्पणी गर्दै कम्पनीका कार्यकारी निर्देशक र प्रमुख कार्यकारी अधिकृतले कम्पनीको प्रगति र सफलतामा निरन्तर साथ, सहयोग र योगदान गर्ने सम्पूर्ण कार्यालयका कर्मचारी, सेवाग्राही तथा शुभेच्छुकहरूप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

‘राज्यको आर्थिक समृद्धि, सुशासन र विकासका लागि नियमित कर भुक्तानी तथा कर प्रणालीप्रतिको जिम्मेवारी अत्यन्त महत्त्वपूर्ण हुन्छ। निजी क्षेत्रले रोजगारी सिर्जना गर्नुका साथै राज्यको राजस्व वृद्धि र राष्ट्रिय अर्थतन्त्रमा पुर्‍याउने योगदानको समेत यस सम्मानले कदर गरेको छ,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ, ‘यो सम्मान नेपाल क्यान ग्रुप मुभ प्रालिका लागि गौरवको विषय हुनुका साथै आगामी दिनमा अझ जिम्मेवार, पारदर्शी र सेवामुखी भएर अघि बढ्न थप प्रेरणाको स्रोत बनेको छ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय