काठमाडौं– सरकारले कोभिड प्रभावित उत्पादमूलक उद्योगमा लकडाउन अवधिभरको विद्युत् डिमान्ड शुल्क छुट दिने भनी गरेको निर्णय सोमबारबाट कार्यान्वयन हुने भएको छ । कोभिडको कारण उद्योगहरु समस्यामा परेको भन्दै सरकारले डिमान्ड शुल्क छुट दिने निर्णय गरेको थियो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा अर्थ मन्त्रालयमा आइतबार बसेको बसेको बैठकले सोमबारदेखि विद्युत् डिमान्ड शुल्क छुट दिने निर्णय गरेको हो ।

सरकारले औद्योगिक व्यवसाय नियमावली, २०७६ मा उल्लेखित ५८ प्रकारका उद्योगलाई आधार मानेर छुट दिने जनाएको छ ।

यसबाट उद्योगीहरु लाभान्वित हुनेछन् । सरकारले चालु आर्थिक वर्षको बजेट भाषणमा उत्पादनमूलक उद्योगलाई लकडाउन अवधिभर विद्युत् डिमान्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत् खपतमा ५० प्रतिशत छुट दिने घोषणा गरेको थियो ।

बैठकमा राजस्व सचिव रामशरण पुडासैनी, उद्योग मन्त्रालयका सचिव बैकुण्ठ अर्याल, ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमिरे, अर्थमन्त्रीका आर्थिक सल्लाहकार प्रकाशकुमार श्रेष्ठ, नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र उद्योग विभागका महानिर्देशक जीवलाल भुसाल लगायत सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय