काठमाडौं– लक्ष्मी बैंकको प्रिमियम बचत खाता अरेन्ज सेभिङ्स प्लसमा ग्राहकले अब ४.५ प्रतिशत वार्षिक ब्याज दरको साथै थप आकर्षक सुविधा प्राप्त गर्न सक्नेछन् ।

अरेन्ज सेभिङ्स खाता भएका ग्राहकले एक लाखसम्मको वार्षिक स्वास्थ्य बिमा र १० लाखसम्मको दुर्घटना मृत्‍यु र अक्षमता बिमा सुविधा पाउने बैंकको विज्ञप्तिमा उल्लेख छ। डेबिट कार्ड, क्रेडिट कार्ड र डलर ट्राभल कार्ड पनि निःशुल्क जारी गरिनुका साथै लक्ष्मी बैंक को डेबिट कार्ड नेपाल भरी कुनै पनि एटिएममा प्रयोग गर्दा लाग्ने शुल्क फिर्ता गरिने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

अझ नयाँ वर्षको अफर अन्तर्गत वैशाख महिनाभरी अरेन्ज सेभिङ्स प्लस खाता खोल्ने ग्राहकहरुले लक्ष्मी बैंकको प्रिपेड डलर कार्ड अरेन्ज कार्ड निःशुल्क प्राप्त गर्नेछन् । सो अफर अरेन्ज सेभिङ्स प्लसका वर्तमान ग्राहकमा पनि लागू हुनेछ।

यसैगरी विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीको लागि ल्याइएको विशेष खाता शुभश्री लक्ष्मी बचत खातामा पनि बैंकले पनि विभिन्न सुविधाका साथमा ४.५ प्रतिशत ब्याज इिरहेको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय