काठमाडौं– कोरोना भाइरसविरोधी खोप लगाएका व्यक्तिलाई चन्द्रगिरि केबलकारमा २५ प्रतिशत छुट हुने भएको छ ।

कम्पनीले बुधबार विज्ञप्ति प्रकाशित गरी कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोप लगाउने कार्य पनि सुरु भइसकेको अवस्थालाई ध्यानमा राखेर खोप लगाइसकेका आगन्तुकलाई चन्द्रागिरि केबलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको जनाएको छ । उक्त सुविधाका लागि खोप कार्ड टिकट काउन्टरमा पेस गर्नुपर्ने छ ।

‘कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यबद्वता जनाउँदै उच्च स्वास्थ्य सुरक्षा सतर्कता अवलम्बनमा सचेतना अभिवृद्धि गर्ने कार्यमा यो योजना सहयोगी हुने हामीले विश्वास लिएका छौं,’ विज्ञप्तिमा भनिएको छ । छुट योजना वैशाख ०९ गतेबाट जेठ १७ सम्मको लागि मान्य हुने कम्पनीको भनाइ छ ।

चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्स लिमिटेडले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिसोर्टलगायत पूर्वाधार निर्माण गरेर एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय