काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघईको अध्यक्षतामा महासंघको रोजगारदाता परिषद् गठन भएको छ ।

परिषद्को उपसभापतिमा महासंघको कार्यकारिणी समिति सदस्य प्रवलजंग पाण्डे चयन भएका छन् । परिषद्का सदस्यहरूमा एसोसिएट समूहबाट कृष्णलाल महर्जन, विनोद ढकाल, विराट थापा, राजकुमार गोल्छा र डाबर नेपालका प्रतिनिधि छन् ।

त्यसैगरी, वस्तुगत संघ समूहबाट परिषद्को सदस्यमा अरनिको राजभण्डारी, इमानसिंह लामा, राकेश सुराना, वीरगन्ज उवासंघ, सिद्धार्थनगर उवासंघका प्रतिनिधि छन् । त्यसैगरी, राजेन्द्र राउत, वागमती प्रदेशबाट महासंघको कार्यकारिणी समिति सदस्य दिलसुन्दर श्रेष्ठ, गण्डकी प्रदेशबाट लक्ष्मीप्रसाद त्रिपाठी, लुम्बिनी प्रदेशबाट दिपक पौडेल छन् ।

अन्य क्षेत्र र वर्गमध्येबाट परिषद्को सदस्यमा विनय उपाध्याय, साजन शाक्य, शोभा ज्ञवाली, बाबुकाजी कार्की चयन भएका छन् । परिषद्को आमन्त्रित सदस्यमा नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि, नेपाल निर्माण व्यवसायी महासंघका आङदोर्जी लामा, एनसेल नेपाल प्रालिका रमेश घिमिरे र नेपाल श्रमिक आपूर्तिकर्ता संघका रामेश्वर शाह रहेका छन् ।

परिषद्ले श्रम सम्बन्धको प्रवद्र्धन, अन्तर्राष्ट्रिय श्रम संगठनसँग सम्बन्ध स्थापित गर्ने र समस्याको समाधानको लागि नेपाल सरकारमा सुझाव दिने काम गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय