काठमाडौं– बैंक वित्तीय संस्थाले व्यावसायिक मूल्य मान्यता र नियम अनुसार सेवा नदिएको खण्डमा सिधै नेपाल राष्ट्र बैंकमा गुनासो गर्न सकिने भएको छ ।

राष्ट्र बैंकले ग्राहकको गुनासो लिन छुट्टै वेब पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ । राष्ट्र बैंकबाट अनुमति प्राप्त गरी वित्तीय मध्यस्थता सेवा प्रदान गरिरहेका बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था/एजेन्टलाई ग्राहकसँग निष्पक्ष, विश्वसनीय, र पारदर्शी ढंगबाट बैंकिङ क्षेत्रको व्यावसायिक मूल्य र मान्यता एवं नीति निर्देशनको अधीनमा रही ग्राहकको हितलाई प्राथमिकतामा राखी वित्तीय मध्यस्थता सेवा प्रदान गराउने र वित्तीय ग्राहकको हित संरक्षण गर्ने उद्देश्यले उक्त वेब पोर्टल सञ्चालनमा ल्याएको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंक वित्तीय क्षेत्रको नियमनकारी निकाय हो ।

उसले ग्राहकको गुनासो लिन http://gunaso.nrb.org.np पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ । ग्राहकले गुनासो दर्ता गराएपछि सोको जानकारी र दर्ता नम्बर इमेलमार्फत उजुरीकर्तालाई पठाउने र उजुरीकर्ताले सोही नम्बरका आधारमा आफूले गरेको गुनासोमाथि भएको कारबाहीबारे थाहा पाउन सक्ने केन्द्रीय बैंकको भनाइ छ ।

राष्ट्र बैंकको पोर्टलमा दर्ता भएको गुनासोको अन्तिम निर्णयबारे इमेलमार्फत जानकारी गराइने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय