काठमाडौं– लगातार दुई दिनसम्म लगानीकर्ता अत्याउने गरी ओरालो लागेको सेयर बजार मंगलबार उत्साहजनक ढंगले उकालो चढेको छ । यस दिन सेयर मूल्यको उतारचढाव देखाउने सूचक नेप्से ९२.४६ बिन्दुले माथि उक्लेको हो ।

मंगलबारको उत्साहजनक वृद्धिले नेप्सेलाई २५९९.०७ बिन्दुमा पुर्याएको छ । यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । अघिल्लो दिन ६ अर्ब ५९ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ५ अर्ब १० करोड ९० रुपैयाँमा सीमित भएको छ ।

मंगलबार बैंकिङ समूह ४५.१३, व्यापार समूह १९०.७२, होटल तथा पर्यटन ३९.३५, डेभलपमेन्ट बैंक ९३.७६, जलविद्युत् १५३.०८ र फाइनान्स समूहको उपसूचक ३५.३७ बिन्दुले बढेको छ । त्यसैगरी, निर्जीबन बिमा ५४३.२७, माइक्रोफाइनान्स २३७, जीवन बिमा ५५८.६३, म्युचुअल फन्ड ०.१८ र लगानी समूह ४.३४ बिन्दुले माथि उक्लेको छ ।

यस दिन सर्वाधिक कारोबार गर्नेमा अपर तामाकोसी जलविद्युत आयोजना परेको छ । तामाकोसीको २३ करोड ८२ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रो नम्बरमा परेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २१ करोड १६ लाख ७७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

अघिल्लो दिन सोमबार नेप्से झण्डै ६६ बिन्दुले घटेको थियो । आइतबार नेप्सेमा झण्डै ७५ बिन्दुको गिरावट आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय