काठमाडौं– बेलायतमा भेटिएको कोरोना भाइरसको नयाँ प्रजाति नेपालमा पनि फेला परेको छ । बेलायतबाट आएका तीनजना व्यक्तिमा बेलायतमा देखिएकै प्रजातिको कोरोना भाइरस भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बेलायतबाट फर्केकी २८ वर्षकी महिला तथा ६७ र ३२ वर्षका पुरुषको नमुनामा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि भएको हो । तीनजनामध्ये महिला र ३२ वर्षका पुरुषको नतिजा नेगेटिभ आइसके पनि ६७ वर्षका पुरुष अझै पोजेटिभ रहेको मन्त्रालयले जनाएको छ ।

गत पुस २७ गते उनीहरुको नमुना परीक्षणका लागि विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ पठाइएकोमा सोमबार (माघ ५ गते) इमेलबाट परीक्षण रिपोर्ट प्राप्त भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ प्रजातिको कोरोना भाइरस पुरानोको तुलनामा बढी छिटो फैलिने विज्ञहरु बताउँछन् । तर यसले संक्रमितलाई साबिकको प्रजातिले भन्दा बढी गम्भीर बिरामी बनाएको र ज्यान लिएको प्रमाण भने हालसम्म फेला परेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय