काठमाडौं– रेमिट्यान्स क्षेत्रमा बजार हिस्सा फराकिलो बनाउँदै लगेका इसेवा मनी ट्रान्सफर र अस्ट्रेलियाको रेमिट्यान्स कम्पनी लिगल रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । अब अस्ट्रेलियामा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स पठाउन अझ सहज हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइराला र लिगल रेमिटका निर्देशक विवेक ढकालले हस्ताक्षर गरेका छन् ।

अस्ट्रेलियाबाट नेपालीले नगदमा वा कुनै पनि बैंक खातामा र इसेवा वालेटमा रकम पठाउन सक्नेछन् । नगदमा पठाइएको रकम इसेवा मनि ट्रान्सफरका नेपालभरका आठ हजारभन्दा धेरै एजेन्ट तथा इसेवा वालेट एपमार्फत पनि प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी, बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ । कम्पनीका अनुसार नगदमा पठाइएको रकम इसेवा वालेटमा रिसिभ गर्दा ५५ रुपैयाँ अतिरिक्त क्यासब्याक प्राप्त हुनेछ ।

लिगल रेमिट अनलाइनमार्फत कारोबार गर्ने र उच्च स्तरको प्रविधि प्रयोग गरेको कम्पनी भएको हुँदा पाँच मिनेटभित्रै रेमिट्यान्स प्राप्त गर्न सकिनेछ ।

इसेवा मनी ट्रान्सफरले डिजिटल र एजेन्ट दुवै माध्यममार्फत विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ । इसेवा मनी ट्रान्सफरले अमेरिका, जापान, युरोपेली देश लगायत खाडीका थुपै्र मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय