काठमाडौं– एनआइसी एसिया बैंकले घरमै बसी डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले ‘उत्तरदायी बनौं, मोब्यांक गरौं’ योजना सार्वजनिक गरेकोे छ ।

यस योजना अन्तर्गत उक्त बैंकको मोबाइल बैंकिङ एनआइसी एसिया मोब्यांक एप प्रयोगकर्ताले इन्टरनेट, टेलिभिजन, खानेपानी लगायतको शुल्कका साथै मोबाइल डेटा प्याक, बिमा, मेरो सेयर तथा डिम्याट भुक्तानी गर्दा प्रत्येक कारोबारमा ५ प्रतिशत वा अधिककतम सय रुपैयाँ नगद फिर्ता प्राप्त गर्न सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

योजना अन्तर्गत एकजना ग्राहकले योजना अवधिभर अधिकतम ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सक्ने बताइएको छ । यो योजना २०७८ जेठ २ देखि ३१ सम्म लागू हुने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय