काठमाडौं– नेपाल राष्ट्र बैंकले कोभिड १९ बिरामीलाई आवश्यक पर्ने अक्सिजनको उद्योग स्थापना गर्नेलाई बैंकको आधार दरमा नै कर्जा दिने व्यवस्था मिलाएको छ ।

केन्द्रीय बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगलाई लिक्विड अक्सिजन प्लान्ट वा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनको लागि आधार दरमा कर्जाको व्यवस्था मिलाएको हो ।

लिक्विड अक्सिजन प्लान्टको लागि ५० करोड रूपैयाँसम्म र अक्सिजन प्लान्ट स्थापना गर्नेलाई २० करोड रूपैयाँसम्मको कर्जालाई एक वर्षको लागि विशेष पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय