काठमाडौं– सोमबार नेपालको सेयर बजारमा एकै दिन चार कीर्तिमान बनेको छ ।

यस दिन कारोबार रकम, नेप्से परिसूचक, एउटै कम्पनीको सेयर कारोबार संख्या र एउटै कम्पनीको कारोबार रकममा कीर्तिमान बनेको हो ।

यस दिन धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा १३ अर्ब १७ करोड ५३ लाखको सेयर किनबेच भएको छ । एकै दिनमा भएको कारोबार यो हालसम्मकै उच्च हो ।

नेप्से परिसूचक पनि २८२३ मा पुगेर कीर्तिमान बनेको छ । त्यसैगरी यस दिन एचआइडिसिएलको २१ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएर एउटै कम्पनीको उच्च कारोबार संख्याको कीर्तिमान बनेको छ ।

एउटै कम्पनीको सेयरको कीर्तिमानी कारोबारसँगै कारोबार रकममा पनि एचआइडिसिएलले पुराना रेकर्डहरु तोडेको छ ।

सोमबार उक्त कम्पनीको २१ लाख ९ हजार ९१० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब २६ करोड १९ लाख नाघेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय