
काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अहिलेको महामारीलाई मध्यनजर गर्दै मर्मस्पर्शी सचेतनामूलक भिडियो सार्वजनिक गरेको छ ।
कम्पनीले ‘सचेत बनौं ! करोनाविरुद्धको यो लडाइँ घरमै बसेर लडौं’ भन्ने सन्देश सहितको सांगीतिक भिडियो तयार पारेको हो । यस कोरोना महामारीमा सबैजनाले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरेको छ । यो महामारीमा सबैको पीडा उस्ता–उस्तै छ र महामारीसँग जुध्न देश साथमा रहेको सन्देश शब्द तथा भिडियोमा उल्लेख गरिएको छ ।
आफू बाच्न र अरुलाई पनि बचाउन हामी आफैंले सावधानी अपनाउन आग्रह गरिएको छ । भोलिका दिनमा महामारीबाट मुक्त भई सामान्य अवस्थामा जनजीवन आएपछि फेरि पनि हामी रमाउला भन्ने सन्देश उक्त भिडियोमा देखाइएको छ । भिडियोको अन्त्यमा सचेत बनौं, कोरोनाविरुद्धको यो लडाइँ घरमै बसेर लडौं भनेर कम्पनीले सबैमा अनुरोध गरेको छ ।
सुनिल कोइरालाको शब्दलाई नेपाल लाइफकै कम्युनिकेसन एन्ड ब्राण्डिङ प्रमुख मेघेन्द्रप्रकाश गिरीको परिकल्पना तथा निर्देशनले उत्कृष्ट भिडियो बनेको छ ।
हालको विषम परिस्थितिलाई यथार्थपरक रुपमा प्रस्तुत गरी शब्दलाई भिडियोमा न्याय दिन सफल भएको छ । पुष्कर महतौँको स्वर, संगीत र एरेन्ज रहेको भिडियोलाई कुमार कटुवाल, प्रकाश गोपाली र रविन घिमिरेले छायांकन गरेका हुन् ।
सन्तोष दवाडीले सम्पादन गरेको भिडियो अल थ्री मिडिया घर, बागबजारको पोस्ट प्रोडक्सन रहेको छ । उक्त भिडियो पोस्ट प्रोडक्सन प्रमुख पदम तिमल्सिना हुन् ।
भिडियो लिंक: https://www.youtube.com/watch?v=dn6s-kH3vUI
शब्द:
लडौं सँग सँगै, लडौं सँग सँगै
स्वस्थ बनि अघि बढौं हामी सँग सँगै
स्वस्थ बनि अघि बढौं हामी सँग सँगै
सबको पीडा उस्तै उस्तै देश साथमा छ
बाच्ने अनि अरुलाई बचाउने आफ्नै हातमा छ
सबैको पीडा उस्तै उस्तै देश साथमा छ
बाच्ने अनि अरुलाई बचाउने आफ्नै हातमा छ
बाचौ सँग सँगै बचाऔ सँग सँगै
नाच्दै गाउँदै सबै रमाउला भोलि सँग सँगै
नाच्दै गाउँदै सँगै रमाउला हामी सँग सँगै
(सचेत बनौं करोनाविरुद्धको यो लडाइँ घरमै बसेर लडौं )