काठमाडौं– सिपिभिसी पाइप्स र फिटिङ्स उत्पादक तथा नियार्तकर्ता मंगलम इन्डस्ट्रिज प्रालिले कोभिड १९ बाट आफ्ना कर्मचारीले ज्यान गुमाएको खण्डमा तिनका नजिकका आफन्तलाई दिवंगत कर्मचारीले खाइपाइ आएको तलबको १२ महिना बराबरको रकम उपलब्ध गराउने घोषणा गरेको छ ।

सोका लागि कम्पनीले मंगलम केयर नामक आह्वान सार्वजनिक गरेको छ । ‘मंगलम पाइप्सको लागि आफ्नो कर्मचारीहरू नै पहिचान र शक्ति हुन् । मंगलम पाइप्सको प्रारम्भिक दिनदेखि नै आफ्नो कर्मचारीको स्वास्थ्य र सुरक्षा सबैभन्दा प्राथमिक र अत्यन्तै महत्त्वपूर्ण विषय रहेको छ ।

हामी आशा गर्दछौं मंगलम पाइप्सको यो सानो प्रयासले उहाँहरुको जीवन अघि बढाउन केही मदत पुग्नेछ । हामी हाम्रा सबै कर्मचारी र उहाँहरूको परिवारका सदस्यहरुको सुस्वास्थ्य र दीर्घायुको कामना गर्न चाहन्छौं,’ कम्पनीका प्रबन्ध निर्देशक अभिनव चुरिवालले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय