काठमाडौं– झापाको बिर्तामोडास्थित बिएन्डसी मेडिकल कलेजका अध्यक्ष दुर्गा प्रसाईले विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको उपचार खर्च बहोर्ने घोषणा गरेका छन् ।

प्रसाईले शनिबार एक विज्ञप्ति जारी गरी थापाको उपचार खर्च आफ्नो मेडिकल कलेज बिएन्डसीले बेहोर्ने जानकारी गराएका हुन् । कोभिड–१९ का बिरामी पूर्वअध्यक्ष थापाको ललितपुरको मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

प्रसाईले थापाको उपचारमा लागेको सबै खर्च प्रदान गर्ने बताएका छन् । प्रसाईले थापालाई नेपालमा गणतन्त्र स्थापनामा लागेका एक असल सामाजिक अभियन्ताको रुपमा चित्रण गर्दै उनको उपचारमा सहयोग संकलनको आह्वान भएको समाचार आएपछि सबै उपचार खर्च बेहोर्ने घोषणा गरेको बताएका छन् ।

‘यो हाम्रो सामाजिक उत्तरदायित्व हो र उपचार खर्चको अभावमा कुनै पनि नेपालीले अकालमा मर्नु नपरोस् भन्ने हाम्रो मूल मान्यता हो,’ प्रसाईले विज्ञप्तिमा भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय