काठमाडौं– कोभिड १९ को उपचार गराइरहेका विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको परिवारले मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईले अफर गरेको सहयोग आवश्यक नपर्ने जनाएको छ ।

थापाका शुभेच्छुक र इष्टमित्रबाटै आवश्यक आर्थिक स्रोत जुटिरहेको भन्दै परिवारले प्रसाईको सहयोग आवश्यक नपर्ने प्रस्ट पारेको छ । थापाको परिवारले शनिबार एक विज्ञप्ति जारी गरी सदासयताका लागि प्रसाईलाई धन्यवाद ज्ञापन गरेको छ ।

यसअघि शनिबार नै झापास्थित बी एन्ड सी मेडिकल कलेजका अध्यक्ष दुर्गा प्रसाईले विज्ञप्ति जारी गरी थापाको सम्पूर्ण उपचार खर्च बेहोर्ने जनाएका थिए ।

थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उनको परिवारले गोफन्डमीबाट २२ हजार अमेरिकी डलरभन्दा बढी अन्य शुभेच्छुकहरुबाट २६ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग जुटिसकेको पनि प्रस्ट पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय