काठमाडौं– चीनले अनुदानमा उपलब्ध गराएको १० लाख कोरोनाविरोधी खोपमध्ये आठ लाख डोज काठमाडौं आइपुगेको छ ।
नेपाल एयरलाइन्सको विशेष चार्टर विमानले उक्त खोप ल्याएको हो । खोप लिन निगमको जहाज सोमबार राति बेइजिङ प्रस्थान गरेको थियो ।

चिनियाँ राष्ट्रपति सी जिनफिङले नेपाली सकमक्षी विद्यादेवी भण्डारीसँग गत जेठ १२ गते टेलिफोनमा प्रत्यक्ष कुराकानी गरेपछि नेपालाई थप १० लाख डोज कोरोना भ्याक्सिन अनुदानमा उपलब्ध गराउने घोषणा गरेका थिए । चीनबाट यसअघि आठ लाख डोज खोप अनुदानमा प्राप्त भइसकेको छ ।

१० लाखमध्येको बाँकी २ लाख डोज भने तिब्बत सरकारले प्रदान गर्ने र युनान प्रान्तको राजधानी कुनमिङबाट हिमालय एयरलाइन्सले ल्याउने बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय