काठमाडौं– ज्योति ग्रुप अन्तर्गतका स्याकार ट्रेडिङ कम्पनी प्रालि र भाजुरत्न ट्रेडिङ कम्पनी प्रालिले कोभिड महामारीविरुद्ध एकजुट भई लड्न विभिन्न क्षेत्रमा करिब दुई करोड रुपैयाँ सहयोगस्वरुप प्रदान गरेको छ ।

सहयोगको क्रममा ज्योति ग्रुपले नेपाल उद्योग वाणिज्य महासंघको राहत कोषमा १० लाख रुपैयाँ प्रदान गरेको छ । त्यस्तै, क्रिएसन नेपाललाई पाँच २२ हजार बराबरको २५ थान अक्सिजन सिलिन्डर, आछाम अस्पताललाई सात लाख ७० हजार बराबरको पाँच थान अक्सिजन कन्सन्ट्रेटर र हेल्दी नेसन फाउन्डेसनलाई सात लाख ७० हजार बराबरको पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको ग्रुपको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, गंगालाल अस्पताललाई पाँच लाखको पिएपिआर सुट, जर्मन अक्सिजन प्लान्टका लागि नेसनल बिजनेस इनिसिएटिभलाई १५ लाख र त्रिवि शिक्षण अस्पतालमा जडान गरिने फ्रान्सेली अक्सिजन उत्पादन कम्पनी नोभएयरको अक्सिजन प्लान्ट फ्रान्सबाट नेपाल ल्याउन एअर कार्गोसहित एक करोड २१ लाख रकम सहयोग उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय