काठमाडौं– नेपालमा शनिबार २१६९ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा २२ जना संक्रमितको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ४१७ नमुना परीक्षण गर्दा २१६९ जनामा संक्रमण पुष्टि भएको हो । शनिबारको संक्रमण दर २० प्रतिशत हो ।
यस अवधिमा १४३२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो अपडेटसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५४ हजार २१२ (पिसिआर) र ४३ हजार ४५ (एन्टिजेन) पुगेको छ । ६ लाख १६ हजार ३६१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ९ हजार ३६२ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।









