काठमाडौं– नेपालमा पछिल्लो २४ घन्टामा तीन हजार १२५ जनामा कोरोना भाइरस संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सोमबार १३ हजार ८११ जनामा परीक्षण गर्दा तीन हजार १२५ जनामा संक्रमण देखिएको हो ।

यस्तै सोही अवधिमा एक हजार ९२५ जना संक्रमण मुक्त भएका छन् । नेपालमा अहिलेसम्म छ लाख ५८ हजार १२२ जना यो संक्रमण मुक्त भएका र निको हुने दर ९४.१ प्रतिशत रहेको छ । यस्तै गएको २४ घन्टामा संक्रमणबाट २३ जनाको निधन भएको छ ।

निधन भएकासँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट नौ हजार ८९८ जनाको ज्यान गएको छ । हाल सघन उपचार कक्ष (आइसियु) मा ६९० जना र भेन्टिलेटरमा १७५ जना उपचार गराइरहेका पनि मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय