काठमाडौं– संगीतकार तथा संगीत संयोजक रिकेश गुरुङको निर्देशनमा ‘तिम्रै लागि’ म्युजिक भिडियो सार्वजानिक भएको छ । गृष्मा खड्काको स्वरमा सजिएको गीतमा शब्द तथा संगीत रिकेश गुरुङकै छ भने उक्त गीतमा नाजिर हुसेन र गृष्मा खड्काको अभिनय समेटिएको छ ।
प्रस्तुत गीतको म्युजिक भिडियोले छिमेकमा बस्ने दुईजना केटाकेटीबीचमा हुने आकर्षण, प्रेमको अंकुरण साथै प्रेमको यात्रा तर्फ डोर्याउँछ । सेन्टिमेन्टल जनरामा बनेको गीतमा अभिनेता नाजिर हुसेनको अभिनय छ । यस म्युजिक भिडियोलाई पवन सुस्लिङले छायांकन तथा सम्पादन गरेका हुन् ।
म्युजिक भिडियो तलको युट्युब लिंकमा हेर्न सकिन्छः

https://youtu.be/2fgVb4Nj-pk

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय