काठमाडौं– विजय लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष ०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ ।

संस्थाको सोमबार सम्पन्न सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजी कुल २१.०८५ प्रतिशतले लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमा २०.०३१ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५४ प्रतिशत नगद लाभांश रहेको छ ।

संस्थाद्वारा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय